नारायणी डेभलपमेन्ट बैंकका ग्राहकहरुलाई चितवन मिडटाउन रिसोर्टमा १० प्रतिशत छुट

शुक्रबार, ०९ मंसिर २०७९, १० : ३९

काठमाडौं- नारायणी डेभलपमेन्ट बैंक लिमिटेड र चितवन मिडटाउन रिसोर्टबीच व्यावसायिक समझदारी भएको छ। 

नारायणी डेभलपमेन्ट बैंकका विशेषाधिकार कार्ड (प्रिभिलेज कार्ड) होल्डरहरुलाई चितवन मिडटाउन रिसोर्टले प्रदान गर्ने सेवासुविधामा विषेश छुट दिने सम्झौता भएको हो। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत पशुपति पौडेल र रिसोर्टका प्रबन्ध निर्देशक मदन घिमिरेले हस्ताक्षर गरेका छन्। 

बैंकका विशेषाधिकार कार्ड होल्डरहरुले चितवन मिडटाउन रिसोर्टको सेवा उपयोग गर्दा रुम, खाना तथा पेय पदार्थमा १० प्रतिशत छुट प्राप्त गर्नेछन्। 

बैंकले विभित्र बचतकर्ता, सेयरधनीलगाएत अन्य सरोकारवालालाई विभित्र मापदण्डका आधारमा विशेषाधिकार कार्ड उपलब्ध गराएको र बैंकको विशेषाधिकार कार्डका आधारमा चितवन मिडटाउन रिसोर्ट वाट लिने सेवामा छुट लिन सक्नेछन्। यस सम्झौतावाट बैंक तथा होटल दुवै पक्षको व्यावसायिक विकास एवं विस्तारमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।

शुक्रबार, ०९ मंसिर २०७९, १० : ३९

प्रतिक्रिया