सन नेपाल लाइफद्धारा १४ लाख मृत्युदावी रकम भुक्तानी

मंगलबार, १३ मंसिर २०७९, १३ : २२

काठमाडौं- सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्युदावी रकम भुक्तानी गरेको छ। आज कैलालीको धनगढीमा आयोजित एक कार्यक्रमबीच कम्पनीले मृत्युदावी रकम भुक्तानी गरेको हो ।

बीमित स्व. धनबहादुर खत्रीले वैदेशिक रोजगार म्यादी जीवन बीमा गरेका थिए। उनको गत असोज १३ गते मलेसियामा निधन भएको थियो। 

खत्रीको निधन भएकोले बीमितले इच्छाएको व्यक्ति पत्नी सुशीला खत्रीलाई किरिया खर्च, बीमांक रकम, अन्य आय नोक्सानी र शव ढुवानी खर्च गरी जम्मा रकम रु. १४ लाखको चेक कम्पनीका धनगढी शाखा प्रबन्धक लक्ष्मीकान्त जैसीले हस्तान्तरण गरेका हुन्। 

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, आमसर्वसाधारण र अभिकर्ताहरुको उपस्थिति थियो। कार्यक्रममा जैसीले जीवन बीमाको महत्व तथा लाभका बारेमा प्रकाश पारेका थिए। 

मंगलबार, १३ मंसिर २०७९, १३ : २२

प्रतिक्रिया