एनआरएन इन्फ्रास्ट्रक्चरको लाभांश घोषणा, पुस ५ गते बुकक्लोज

आइतबार, १८ मंसिर २०७९, ११ : ५५

काठमाडौं- एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले गत आर्थिक वर्षको वितरण योग्य सञ्चित मुनाफामध्येबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजी ५.२६ प्रतिशतका दरले ६ करोड ४३ लाख ४० हजार ९३४ रुपैयाँ ४२ पैसा बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

मंसिर १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीले पुस २० गते दशौँ वार्षिक साधारण सभा बोलाएको छ। सो प्रयोजनार्थ कम्पनीले पुस ५ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

आइतबार, १८ मंसिर २०७९, ११ : ५५

प्रतिक्रिया