पर्यटकीयस्थल पाँचपोखरी सरसफाइ अभियान : पाँच सय किलो फोहर सङ्कलन

१ बर्ष अगाडि

सिन्धुपाल्चोक / पर्यटकीयस्थल पाँचपोखरीको सरसफाइ अभियानबाट पाँच सय किलो फोहर सङ्कलन गरिएको छ । कुहिने र नकुहिने गरी पाँच सय किलो फोहर सङ्कलन गरी भरियामार्फत भोताङको फोहर सङ्कलन केन्द्रमा ल्याइएको सहयोगी संस्था आर्सो नेपालका परियोजना संयोजक हर्क तामङले बताए  ।

No description available.

‘पर्यटन प्रवद्र्धनमा हाम्रो दृष्टि, सफा राखौँ आफ्नो सृष्टि’ भन्ने नाराका साथ गत मङ्गलबारदेखि पाँचपोखरी थाङ्पाल गाउँपालिकाको भोताङबाट सरसफाइ अभियान सुरु गरिएको हो । पाँचपोखरी थाड्पाल गा पा वडा नं ३ को कायालयदेखि पाँचपोखरी सम्म   कुहिने र नकुहिने बस्तु ३०० के जि र मन्दिर र पोखरि एरियामा २०० के जि संकलन गरिएको छ । यसैगरि यो कार्यक्रम २७ मंसिर देखि पौष १ गते वडा कार्यालयमा आइ समापन गरिएको संस्कृति पर्यटन प्रवद्र्धन समितिका सचिव मुकुन्द पाण्डेले जानकारी दिए  ।

पाँचपोखरी थाङ्पाल गाउँपालिकाको आयोजना, नेपाल पर्यटन बोर्ड, न्यूभिजन नेपालको सहआयोजना तथा आर्सो नेपाल र टिजी एच नेपालको र कार्यक्रमको मिडिया पार्टनर हाम्रो न्युज पोर्टल आजको अर्थ डटकमको समन्वयमा विश्वकै नवौँ अग्लो स्थानमा पर्ने पाँचपोखरीको सरसफाइ अभियान गरिएको हो  ।

No description available.

पाँचपोखरी नेपाल भ्रमण वर्ष २०२० मा घुम्नैपर्ने पर्यटकीयस्थलहरूको सूचीमा समेत परेको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए  । जनै पूर्णिमाका अवसरमा मेला लाग्ने र भक्तजन तथा पर्यटकले प्लाष्टिक, बोतललगायत अन्य सामग्रीको जथाभावी प्रयोगले वातावरण बिग्रने हुनाले सरसफाइ अभियान सञ्चालन गरिएको अध्यक्ष लामाले जानकारी दिए  ।

१ बर्ष अगाडि

प्रतिक्रिया