आजको तरकारी तथा फलफूलकाे मूल्य

१ बर्ष अगाडि

काठमाडौं / कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका अनुसार  बुधबार रातो आलु ४९ रुपैयाँ प्रतिकेजी पर्दछ भने गोलभेँडा ठूलो ५५ रुपैयाँ प्रतिकेजी रहेको छ । यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको औसत मूल्य हो । 

यस्तै कन्य च्याउ प्रतिकेजी १४६ रुपैयाँ रहेको छ भने डल्ले च्याउ ३६० रुपैयाँ रहेको छ ।  यता, ब्रोकाउली ५६ रुपैयाँ ६७ पैसा, रातो बन्दा ७६ रुपैयाँ ६७ पैसा, तोरी साग ३५ रुपैयाँ, गान्टे मुला ५६ रुपैयाँ ६७ पैसा रहेको छ ।

यस्तैगरी तामा ९६ रुपैयाँ ६७ पैसा प्रतिकेजीमा पाइन्छ । राजमा घिउ सिमी ११० रुपैयाँ, घिरौला ९५ रुपैयाँ, तिते करेला ११५ रुपैयाँ, प्याज सुकेको ४९ रुपैयाँ ३३ पैसा, भिण्डी ११० रूपैयाँ, नेपाली सुकेको लसुन ११० रुपैयाँ, हरियो धनिया ५० रुपैयाँ र कागती १०० रुपैयाँ प्रतिकेजी रहेको छ ।
 

१ बर्ष अगाडि

प्रतिक्रिया