ल्होसार सद्भाव र एकतालाई प्रवर्द्धन गर्ने एक विशिष्ट पर्व : प्रधानमन्त्री

शुक्रबार, १५ पुस २०७९, ०८ : ०३

काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका अनुसरणयोग्य उदाहरण रहेको बताएका छन् ।

नेपाली तमु र दुरा समुदायले पुरानो ल्हो ९वर्ष०को बिदाइ र नयाँ ल्हो ९वर्ष०को स्वागतका रूपमा मनाउने ल्होसार पर्वका अवसरमा आज एक शुभकामना सन्देश दिदै प्रधानमन्त्री दाहालले सद्भाव र एकतालाई प्रवर्द्धन गर्ने एक विशिष्ट पर्वका रूपमा ल्होसार स्थापित रहेको बताए ।

उनले यस पर्वले समस्त नेपालीबीच आपसी सम्बन्ध सुदृढ हुने विश्वास लिएका छनु । 

ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपालीमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु र समृद्धिको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले पारस्परिक सद्भाव र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत गरे । 

शुक्रबार, १५ पुस २०७९, ०८ : ०३

प्रतिक्रिया