काठमाडौँ/ काठमाडौँको भृकुटीमण्डपमा १६औं अन्तराष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी हुने भएको छ । फुटवेयर म्यानुफ्याकचर्स एसोसिएसन अफ नेपालले पौष २१ देखि २३ गतेसम्म अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी हुन लागेको हो।
एसोसिएसनका अनुसार नेपालमा पहिलो पटक अन्तराष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी हुन लागेको हो। प्रदर्शनीमा पहिलो पटक बिजनेस टु बिजनेस सेल्स हुने आयोजकले जनाएको छ । त्यस्तै विदेशी डिलर होलसेलरलाई प्रदर्शनी अवधिभर होटल सुविधा सहित आमन्त्रण गरिएकोले नेपाली उत्पादनको विदेश निर्यातको सम्भावना रहेको एसोसिएसनले बताएको छ।
एसोसिएसनले देश भरीबाट ४०,००० देखि ५०,००० उद्योगि, डिलर, होलसेलर र खुद्रा व्यापारीहरुको सहभागिता जनाउने अपेक्षा राखेको छ। प्रदर्शनीमा विदेशी कच्चा पदार्थ, मेशिनरी र प्रविधि सहितको ४० भन्दा बढि कम्पनीका स्टल रहने र नेपालि फुटवेयरका ९० कम्पनी सहभागि हुने एसोसिएसनले जानकारी दिएको छ ।
यो प्रदर्शनीमा नेपालमा फुटवेयर तथा छालाजन्य सामाग्री उत्पादन विधि कच्चा पदार्थको गुणस्तरको पनि जानकारी गराईने र एउटै छानामुनि देशभरीका उद्योगि हुने हुदाँ पछिल्लो नया डिजाइन, विकास र प्रतिस्पर्धि मुल्य छानेर कारोवार गर्नको लागि सहजता हुने एसोसिएसनले बताएको छ ।
विश्वमा ख्याति कमाएका बहु राष्ट्र कम्पनिहरुले यो प्रदर्शनीमा भाग लिने हुदाँ नेपालि उद्यमिले आफ्नो उत्पादनलाई प्रतिस्पधी मुल्यमा गुणस्तरीय कच्चापदार्थ, मेशिनरी र प्रवृधिको पहुच सहज हुन गइ गुणस्तरीय उत्पादन गर्न सहज हुने विश्वास एसोसिएसनले लिएको छ। प्रदर्शनीमा नेपालका ठुला उत्पादक देखि साना घरेलु उद्योगहरुलाई समावेश गरीएको स्टलको मुल्य तिर्न असर्मथ उद्योगहरुलाई केहि संख्यामा निशुल्क राख्ने व्यवस्था मिलाईएको एसोसिएसनले स्पष्ट पारेको छ।
हाल नेपालमा बिक्रि हुने फुटवेयर जन्य सामान करीव ५० प्रतिशत रहेको छ यसलाई नेपाल भरीका डिलर, होलसेल, खुद्रा व्यवसायी मार्फत विक्रि वितरणमा वृद्धि बढाई नेपाली उत्पादनको हिस्सा ७५ हिस्सा पुऱ्याउने लक्ष्य सहित प्रदर्शनी गर्न लागिएको एसोसिएसनले जनाएको छ । त्यस्तै नेपाली फुटवेयर उद्योगमा लाग्ने कच्चा पदार्थको हिस्सा ४० प्रतिशतबाट बढाएर ६० प्रतिशत पुर्याउने लक्ष्य पनि लिईएको आयोजकले जनाएको छ । कच्चा पदार्थ, मेशिनरी र प्रविधिमा वैदेशिक लगानी भित्राउने तथा हाल भइरहेको निर्यातलाई दोव्बर बनाउने लक्ष्य पनि आयोजले बोकेका छन्।
स्वदेशी उत्पादनका बारेमा नेपालका डिलर, होलसेलर तथा खुद्रा व्यापारीहरुलाई आफ्ना, उत्पादनकबारेमा जानकारी गराउनु तथा स्वदेशी उत्पादनलाई प्रबर्द्धन गरि प्रदर्शनी मेलाको माध्यमबाट ब्यापक प्रचार प्रसारगरी बाह्य बजार समेत बिस्तार गर्ने रणनीतिक पहल गर्न मेला गर्न लागिएको एसोसिएसनले बताएको छ।
प्रतिक्रिया