कर्भ डिस्प्लेयुक्त प्रिमियम मिड रेन्ज फोन "रियलमी १० प्रो+ ५ जि" नेपालमा

१ बर्ष अगाडि

काठमाडौं / विश्वमै सबैभन्दा चाँडो वृद्धि भईरहेको स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो नम्बर सिरिजमा नयाँँ मोडल थपेको छ । रु. ३०,००० भन्दा बढी मुल्यको सामानमा लगाइएको आयात प्रतिबन्ध फुकुवा भएपछिको पहिलो प्रिमियम मिड रेन्ज स्मार्टफोनको रुपमा रियलमी १० प्रो+ ५जि नेपाली बजारमा भित्रिएको छ । यसको फ्ल्यागशिप लेभलको कर्भड डिस्प्ले अत्यन्तै रुचाइएको छ, जसलाई रियलमीले हाइपर–स्पेस डिजाइनको नाम दिएको छ । यो नयाँँ डिजाइनबाट प्रष्ट हुन्छ कि रियलमीले आफ्नो युजर एक्स्पिरियन्स सुधार्न राम्रो प्रयास गरेको छ ।

न्युरोडको ताम्राकार कम्प्लेक्समा केक काटेर रियलमी १० प्रो+ ५जिको पहिलो बिक्रीबाट औपचारिक बिक्रीको शुरुवात भएको कम्पनीले जानकारी दिएको छ । 
उक्त कार्यक्रममा बोल्दै रियलमी नेपालका कन्ट्री हेड श्री मुनिश गिरीज्युले भन्नुभयो “रियलमी १० प्रो सिरिजको नयाँं सदस्यको रुपमा रियलमी १० प्रो+ फाइभ जीलाई नेपालमा ल्याउन पाउँदा हामी अत्यन्तै उत्साहित छौँ । रियलमी १० प्रो+ फाइभ जी यस सेग्मेन्टकै पहिलो स्मार्टफोन हो जसमा फ्ल्यागशिप लेभलको कर्भ्ड भिजन डिस्प्ले रहेको छ । एउटा ब्रान्डको रुपमा हामी जहिले पनि नयाँँ–नयाँँ प्रविधियुक्त उत्पादनहरु उपभोक्तामाझ ल्याउन प्रयासरत हुन्छौँ । र त्यसैको फलस्वरुप डिजाइन र टेक्नोलोजिको सर्वोत्कृष्ट संगमको रुपमा रियलमी १० प्रो+ फाइभ जीलाई बजारमा ल्याउन पाउँदा हामीलाई गर्व लागेको छ । हामीलाई आशा छ रियलमी १० प्रो+ फाइभ जीले पनि अगाडिको फोनहरु जस्तै माया र विश्वास पाउनेछ ।”

डिजाइन र डिस्प्ले
क्लिन, मिनिमलिस्टिक, हलुका र आकर्षक – झट्ट हेर्दा रियलमी १० प्रो+ ५ जि हेर्दा यस्तो देखिन्छ । यसको जेन्टल कर्भले राम्रो ग्रिप त दिन्छ नै, हेर्दा पनि हाइ एन्ड फोन जस्तो देखिन्छ । यो भन्दा अगाडि फ्ल्याग शिप लेभलमा मात्र आउने यस्तो कर्भ डिजाइनले टेक्नोलोजीमा सर्वसाधारणको सहज पहुँच बनाउने रियलमीको प्रयासलाई सावित गरेको छ । १० प्रो+ ५ जि रियलमीको पहिलो फोन हो जुनमा  ६१ड्ढ आइ फ्रेन्ड्ली ओएलइडि डिस्प्ले राखिएको छ । १२० हर्जका ेअपग्रेडेड रिफ्रेश रेट भएको रियलमी १० प्रो+  ५ जिको डिस्प्ले भने ६.७ इन्च वाइड रहेको छ । 
रियलमी १० प्रो+ ५ जिमा २१६० हर्जको हाइ फ्रिक्वेन्सी पिडब्लुएम डिमिङ टेक्नोलोजी युक्त ओएलइडि डिस्प्ले रहेको छ जुन टियुभि रेन्ल्यान्ड फ्लिकर फ्री सर्टिफिकेट प्राप्त गर्ने विश्वकै पहिलो ओएलइडि स्क्रिन हो । यसको मतलब हो रियलमी १० प्रो+को स्क्रिनले ब्लु लाइट फिल्टर आउट गर्छ जसले गर्दा प्रयोगकर्ताहरुको आँखामा पर्ने नकरात्मक असर कम हुन्छ । यस्तो सुविधा पनि यो भन्दा अगाडि फ्ल्यागशिप लेभलको फोनहरुमा मात्र उपलब्ध थियो ।
८०० निटको ब्राइट्नेस भएकोले गर्दा दिउँसोको उज्यालोमा पनि मजाले स्क्रिन देख्न सकिन्छ । १ बिलियन भन्दा धेरै कलरहरु सपोर्ट गर्ने एचडिआर १०+ सर्टिफाईड कलर गेमुट भएकोले यसमा एचडिआर कन्टेन्टहरु पनि मजाले हेर्न सकिन्छ । त्यस्तै फोनको टिकाउपन अझै बढाउन यसमा विशेष तरिकाले डिजाइन गरिएको ०.६५ मिमीको डबल रिइन्फोसर््ड सेकेन्डरी टेम्पर्ड हाइ स्ट्रेङ्थ ग्लासको प्रयोग गरिएको छ जुन ड्रप रेसिस्टान्ट र एन्टी स्क्«याच पनि छ । यसको साइडमा भएको फिङर प्रिन्ट स्क्यानर पनि फास्ट र अक्युरेट छ । 
डिजाइनको कुरा गर्दा रियलमी १० प्रो+ ५ जि पहिलाको मोडल हरु भन्दा धेरै फरक छ । र त्यस्को मुख्य कारण हो यसको कर्भ्ड डिस्प्ले जुन यो भन्दा अगाडि फ्ल्यगशिप लेभलको फोनहरुमा मात्र हुन्थ्यो । यसको पछाडिपट्टीको प्यानलले लाइट रिफ्र्याक्सन गरेर आकर्षक थ्री डाइमेन्सनल इफेक्ट दिन्छ । ७.७८ मिमीको स्लिम प्रोफाइल भएको रियलमी १० प्रो+ ५ जिको वजन भने १७३ ग्राम रहेको छ ।  

क्यामरा 
अत्यन्तै आकर्षक तरिकाले पछाडिपट्टि राखिएका तीनवटा क्यामराहरुले रियलमी १० प्रो+ ५ जिलाई शानदार लुक दिएका छन । यी तीनवटा क्यामरा मध्य मेन सेन्सरमा ५० एमपि बाट १०८ एमपिको अपग्रेड दिइएको छ भने ८ एमपिको अल्ट्रा वाइड र २ एमपिको म्याक्रो लेन्स पहिलाको जस्तै रहेका छन् । 
रियलमी १० प्रो + को मेन क्यामरामा ९ इन १ फ्युजन टेक्नोलोजी राखिएको छ । त्यस्तै अघिल्ला भर्सनहरुहरुको तुलनामा यसको क्यामरामा रातिको समयमा १२३% बढी लाइट पेनेट्रेसन हुन सक्छ । सेल्फीको लागि यसमा १६ एमपिको क्यामरा राखिएको छ । 

त्यस्तै गरी प्रसिद्ध टेक युट्युबर मार्क्स ब्राउनलीले सञ्चालन गरेको ब्लाइन्ड स्मार्टफोन क्यामरा टेस्टमा रियलमी १० प्रो + ५ जि तेस्रो स्थानमा आउन सफल भएको थियो जसमा फ्ल्यागशिप–लेभल फोनहरू, हेभी हिटरहरू, र मिड–रेन्जरहरू सहित २०२२ मा रिलिज गरिएका १६ स्मार्टफोन ब्रान्डहरू टेस्ट गरिएका थिए । विश्वभरका दुई करोडभन्दा बढी व्यक्तिहरूले भाग लिएको उक्त टेस्टमा इएलओ (भ्ीइ) रेटिङ प्रणाली प्रयोग गरिएको थियो । 
    
पर्फर्मेन्स 
रियलमी १० प्रो+ ५ जिमा मेडिया टेक डाइमेन्सिटी १०८० चिपसेट प्रयोग गरिएको छ । जसले मल्टी टास्किङलाई सजिलो र एप स्विचिङलाई छरितो बनाउँछ । त्यस्तै यसको क्लिन र प्रिसाइज हाप्टिक फिडब्याकले पनि प्रयोगकर्ताहरुलाई स्मुथ एक्स्पिरियन्स दिन्छ ।
यसमा राखिएको ४डी गेम भाईब्रेसन मोटरले गेमिङ एक्स्पिरियन्स पनि उत्तिकै राम्रो प्रदान गर्छ । सफ्ट्वेयरको कुरा गर्नुपर्दा यसमा रियलमी ४.० युआइ र एन्ड्रोइड १३ प्रीइन्स्टल गरिएको छ ।

अन्य 
यसमा ५००० एमएएचको शक्तिशाली ब्याट्रि रहेको छ । जसले ६७ वाटको फास्ट सुपरभोक चार्जिङ सपोर्ट गर्छ । भन्नुको अर्थ रियलमी १० प्रो+ ५ जि ५० मिनेट भन्दा कम समयमै फुल चार्ज हुन्छ । कनेक्टिभिटी अप्सनको रुपमा यसमा टाइप सि युएसबि, डुअल ब्यान्ड वाइफाइ, फाइभ जि, ब्लुटुथ ५.१ र एनएफसि दिइएको छ । 

मुल्य र उपलब्धता 
आकर्षक नेबुला ब्लु रंगमा उपलब्ध रियलमी १० प्रो+ ५जिको स्टोरेज क्षमता ८ जिबि बाइ १२८ जिबि रहेको छ भने यसको मुल्य रु.४५,९९९ रहेको छ ।
 

१ बर्ष अगाडि

प्रतिक्रिया