प्रधानमन्त्री आज गोरखा आउनुहुने

बुधबार, २७ पुस २०७९, ०८ : २९

गोरखा / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार गोरखा आउनुहुने भएको छ ।

प्रधानमन्त्री प्रचण्ड बुधबारबाट सुरु हुने ११औँ गोरखा महोत्सवको उद्घाटन गर्न गोरखा आउन लाग्नुभएको हो । महोत्सव खेलकुद मैदान हरटारीमा आयोजना हुँदै छ ।

गोरखा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएका उहाँ प्रधानमन्त्री भएपछि पहिलो पटक गोरखा आउन लाग्नुभएको हो ।

यसैबीच प्रधान सेनापति प्रभुराम शर्मा पनि बुधबार गोरखा आउँदै हुनुहुन्छ । गोरखा नगरपालिका–६, ठूलो आँगनमा निर्मित पृथ्वीनारायण शाहको शालिक अनावरणका लागि उहाँ गोरखा आउन लाग्नुभएको हो ।

बुधबार, २७ पुस २०७९, ०८ : २९

प्रतिक्रिया