काठमाडौँ / नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्दै छन् ।
मन्त्रिपरिषद्को टुङ्गो लागे पछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो । सत्ता गठबन्धनका दलहरु बिच सहमति भए अनुसार माओवादी केन्द्रले प्रधानमन्त्री, चार मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ ।
माओवादी केन्द्रमा अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा चण्ड र उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा नारायणकाजी श्रेष्ठले पहिलो चरणमै मन्त्री भइसकेका छन् । माओवादी केन्द्रले थप तिन मन्त्री पएको छ ।
मन्त्री हुनेमा रेखा शर्मा, सुदन किराँती र अमनलाल मोदीले अवसर पाउने भएका छन् । रेखा शर्मा नेपालको पहिलो सञ्चार महिला मन्त्री हुने भएकि छिन् ।
त्यस्तै किराँतीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र मोदीलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । एक राज्यमन्त्रीको भने टुङ्गो लाग्न बाँकी नै रहेको छ ।
शपथ दिउँसो १ बजे हुने तय गरिएको छ ।
प्रतिक्रिया