अर्थतन्त्रको अवस्थाबारे अध्ययन गरिरहेको छु: अर्थमन्त्री पौडेल

१ बर्ष अगाडि

काठमाडौं  / अर्थमन्त्री विष्णु पौडेलले भूकम्पले ढाल्न नसकेको, नाकाबन्दीले झुकाउन नसकेको र कोभिड-१९ को पनि सामान गरेको अर्थतन्त्र किन चिन्ताजनक अवस्थामा पुग्यो भन्दै प्रश्न गर्नुभएको छ ।

बुधबार नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको ‘अर्थतन्त्र: अबको बाटो’ विषयक कार्यक्रममा उहाँले सबै समस्या सामाना गरेको नेपालको अर्थतन्त्र किन चिन्ताजनक भयो भन्ने प्रश्न अर्थमन्त्री भएदेखि नै आफ्नो मनमा रहेको बताउनुभयो ।

अर्थमन्त्रीले भन्नुभयो, ‘मेरो मनमा एउटा प्रश्न छ, हामीले अर्थतन्त्रले धेरै ठूलो प्रहार सहनु परेको छ । भूकम्प र नाकाबन्दी हामीले सामना गर्‍यौं । कोभिड विश्वले भोगेको हो । भूकम्प जस्तो चुनौती सामना गरेको, भूकम्पले ढाल्न नसकेको, नाकाबन्दीले झुकाउन नसकेको अर्थतन्त्र सम्हाल्दै आएका हौं, सरकार, निजी क्षेत्र र सरकारले सहकार्य गर्दै जोगाएका थियौं।’

‘हामी आर्थिक रुपमा किन चिन्ताजनक अवस्था छौं ?,’ उहाँले प्रश्न गर्दै भन्नुभयो, ‘किन सक्षम पाइलट खोज्ने अवस्थामा आयौं ? किन इन्जिन चेक गर्ने अवस्थामा आयौं ?’

यो समस्या यही रुपमा रहन दिनु हुँदैन । म समस्याका विरुद्ध सार्थक र निर्णायक प्रहार गर्ने योजना छु,’ अर्थमन्त्रीले भन्नुभयो, ‘समाधानका उपाय अगाडि सारेर अर्थतन्त्रलाई अगाडि बढाउने छु । राजस्व परिचालनको चिन्ताजनक अवस्था कसरी समाधान गर्ने ? करको दायर बढाउने, राजस्व प्रशासनमा सुधार र माग बढाउने बारे अध्ययन गर्दैछु ।’

उहाँले खर्चमा कसरी व्यवस्थापन गर्ने भन्ने समस्या रहेको बताउँदै पूँजीगत खर्च बढाउन प्रभावकारी प्रयास गर्ने बताउनु भयो ।

१ बर्ष अगाडि

प्रतिक्रिया