विमानस्थल तथा पर्यटकीय स्थल नियमित सफा गर्न निर्देशन : उड्यान मन्त्री

१ बर्ष अगाडि

काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किरातीले विमानस्थलहरु, ऐतिहासिक स्थल, पर्यटकीय गन्तव्यका स्थल तथा सार्वजनिक शौचालयहरुमा दैनिक सरसफाई गर्न निर्देशन दिएका छन् ।

नेपाल प्रवेश गर्ने पहिलो ढोकाको रुपमा रहेको अन्तराष्ट्रिय विमानस्थलहरु, पर्यटकीय गन्तव्यहरु, धार्मिक, साँस्कृतिक तथा ऐतिहासिक सम्पदाहरु, सङ्ग्राहलयहरुको मापदण्ड अनुरुप दैनिक सफाइ हुनु पर्ने उनी बताउँछन् ।

साथै मन्त्रालय मातहतका धार्मिक, साँस्कृतिक तथा ऐतिहासिक धरोहर, हवाई एवं पर्यटकीय क्षेत्रहरु लगायत विमानस्थल तथा अन्य संरचनाहरु संवेदनशील क्षेत्रमा पर्ने हुँदा यसको सफाई र संरक्षण गर्न अपरिहार्य रहेको मन्त्री किरातीको भनाई छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया