मिटरब्याजी समस्या यथाशीघ्र समाधान गर्छु : प्रधानमन्त्री प्रचण्ड

१ बर्ष अगाडि

काठमाडौँ / नेकपा माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मिटरब्याजी समस्या समाधानका लागि आफूले पहल गर्ने बताउनु भयो ।


बालुवाटारमा आज बिहान मिटरब्याजी समस्याबाट पीडित किसानहरूसँग भेट गर्दै उहाँले किसानहरूलाई मिटरब्याजी समस्या समाधानका लागि आफूले यथाशीघ्र पहल गर्ने बताउनु भयो । 

उहँले किसानहरुलाई आश्वासन दिँदै भन्नुभयो,’अघिल्लो सरकारसँग भएको सम्झौता हेर्छु । मिटरब्याजी समस्याले हजारौँ किसानहरू पीडित हुनुभएको छ । यसलाई मैले राम्रोसँग बुझेको छु । यसपटक तपाईहरूको समस्या समाधान गर्ने कुरा मेरो प्राथमिकतामा छ, म समाधान गर्छु ।’

No description available.No description available.No description available.

१ बर्ष अगाडि

प्रतिक्रिया