आज उपसभामुखको निर्वाचन हुँदै, राना र यादवबीच प्रतिस्पर्धा

१ बर्ष अगाडि

काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन आज हुने भएको छ । 

आज दिउँसो १ः०० बजे प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन हुने संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाको उपसभामुख पदका लागि सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगर र नेपाली काङ्ग्रेसबाट मुक्ता यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

रानाको प्रस्तावकमा रास्वपाकै सोबिता गौतम र समर्थकमा  एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रका नारायणी शर्मा र राप्रपाका राजेन्द्र प्रसाद लिङ्देन हुनुहुन्छ ।

यस्तै, यादवको प्रस्तावकमा काँग्रेस सांसद बद्री पाण्डे र समर्थकमा नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरी र लोसपा सांसद सर्वेन्द्रनाथ शुक्ला हुनुहुन्छ। 

१ बर्ष अगाडि

प्रतिक्रिया