नेपालगञ्जमा वेष्टर्न ट्राभल मार्ट तथा सेल्स मिशन आरम्भ

१ बर्ष अगाडि

काठमाडौँ - पर्यटकीय गन्तव्यहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रचार–प्रसार तथा प्रवर्द्धन गर्ने उद्देश्यले आइतबारदेखि नेपालगन्जमा वेष्टर्न ट्राभल मार्ट फेम ट्रिप वीथ सेल्स मिशन सुरू भएको छ।

नेपाल पर्यटन बोर्ड र नेपाल एसोसिएसन अफ ट्रावल एण्ड टुर एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरको संयुक्त आयोजना तथा नेपालगन्ज उप–महानगरपालिका, पर्यटन प्रवर्द्धन मञ्च बाँके, होटल एसोसिएसन अफ नेपाल (हान) बाँके, होटेल व्यवसायी संघ बाँके लगायतका संघ संस्थाहरूको सहकार्यमा मार्ट सुरू भएको हो। 

माघ १५ (आइतबार) देखि सुरू भएको मार्ट १७ गते (मंगलबार) सम्म हुने छ। बोर्डका प्रवन्धक सूर्य थपलियाकाअनुसार मार्टमा आइतबार बीण्टुबी सेसन, नेपाल(भारत पर्यटनबारे प्यनल डिस्कसन चलेको थियो।

त्यस्तै सोमबार ट्राभल मार्टमा सहभागी भारतीय टूर अपरेटरहरूलाई बुद्ध एयरमार्फत  पहिलोपटक कैलाश मानसरोवर दुरदर्शन उडान गरिने र बर्दिया राष्ट्रिय निकुन्जमा जंगल सफारी गराइने छ। 

तेस्रो दिन टाइको अधिवेसन सहित समापन हुने छ।  

कार्यक्रममा पर्यटन बोर्ड, नाट्टा विभिन्न एयरलाइन्स तथा भारताबाट ट्राभल एजेन्ट्स एसोसिएसन अफ इण्डिया (टाई)बाट कार्यकारी पदाधिकारी, भारतीय सिमावर्ती सहरका टूर अपरेटर र आन्तरिक पर्यटन व्यवसायी गरी करिब तीन सयभन्दा बढी सहभागी रहेका छन्। 

कार्यक्रमको उद्घाटन गर्दै बाँके जिल्लाबाट प्रतिनिधि सभा सदस्य सांसद डा। धवल शमशेर जबराले नेपाल भारतको लागि नजिकैको उत्कृष्ट पर्यटकीय गन्तव्य रहेको बताए। उनले छिट्टै नै नेपालजञ्जबाट दिल्ली, देहरादुन लगायतका सहरमा सिधा उडानको लागि पहल भइरहको र यसबाट दुवै देशले फाइदा लिन सक्ने बताए। 

नेपाल पर्यटन बोर्डका प्रबन्धक श्रद्धा श्रेष्ठले भारत नेपालको महत्वपूर्ण पर्यटकीय स्रोत बजार रहेकोले पर्यटन बोर्डले भारतलाई विशेष महत्व दिएको उल्लेख गर्दै यो कार्यक्रमको माध्यमबाट भारतीय व्यवसायीहरूलाई समेत नेपालबारे थप बुझ्ने र सहकार्यको सम्भावना विस्तार हुने बताइन्।

नाटाका अध्यक्ष रमेश थापाले नेपाल सबै सिजनको लागि उत्कृष्ट गन्तव्य रहेको बताउँदै भारतीय पर्यटकको स्वागतका लागि नेपाल सधैं तयार रहेको बताए। 

यस्तै नाटाको निवर्तमान अध्यक्ष अच्युत गुरागाईंकाअनुसार पश्चिम नेपाल आफैमा सुन्दर पर्यटकीय गन्तव्य रहेको र यो कार्यक्रमबाट दुवै देशको पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने छ।

१ बर्ष अगाडि

प्रतिक्रिया