राष्ट्रियसभा अध्यक्षले ‘सभामुख निवास’ नछाडदा अन्यौंल, सभामुखलाई निवास पाउनै मुश्किल

१ बर्ष अगाडि

काठमाडौं - राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले वालुवाटारस्थित ‘सभामुखको सरकारी निवास’ नछाडे पछि नवनियुक्त सभामुख देवराव घिमिरेको बासस्थान अझै तय हुन सकेको छैन् ।

लामो समय देखी सभामुखले प्रयोग गर्दै आएको सरकारी निवासवाट तत्कालिन सभामुख कृष्णबहादुर महरा ‘हटनु परे’ सँगै राष्ट्रियसभा अध्यक्ष तिमिल्सना सो भवनमा सरेका थिए । यौन दुब्र्यब्यबहारको आरोपमा महरा हटे पछि लामो समयसम्म रिक्त रहेको सो भवनमा तिमिल्सिना सरेका थिए ।  

तर, अग्नि सापकोटा सभामुख चयन भएर आउँदा पनि पुरानो सभामुख निवासवाट तिमिल्सिना नहटे पछि सापकोटालाई लैनचौरमा नयाँ भवन खोजेर व्यवस्थापन गरिएको थियो । तर, अहिले सभामुख चयन भएर आएका घिमिरेले पुरानै सभामुख निवास खोजेर लैनचौर जान मानिरहेका छैनन, जसका कारण सहरी विकास मन्त्रालयलाई सभामुखको नयाँ भवन चयन गर्न नै गा¥हो भईरहेको छ ।

‘पुरानो सभामुख निवासवाट राष्ट्रिय सभा अध्यक्ष सर्न मान्नु हुन्न, लैनचौरमा सभामुखज्यूले जान्न भन्नु भा छ, अब नयाँ भवन कहाँ खोज्ने ? छलफलमा नै छौं,’ सहरी विकास मन्त्रालयका एक उच्च अधिकारीले भने । यद्धपी, सभामुख घिमिरेलाई नयाँ बास स्थानको व्यवस्थापन भने चाँडै हुने मन्त्रालयले जनाएको छ । 

१ बर्ष अगाडि

प्रतिक्रिया