मेडिकल तथा ल्याब एक्सपो हुदैँ

विहीबार, २६ माघ २०७९, १३ : ५०

काठमाडौँ-  ईईपीसी भारत र च्यमसन नेपाल सँगको सहकार्यमा एसडी प्रोमो मिडिया प्रालिले आयोजना गर्न थालेको नेपाल मेडिकल तथा ल्याब एक्सपोको सम्पूर्ण तयारी पूरा गरेको छ।

एसडी प्रोमो मिडियाको आयोजनामा हुन गइरहेको एक्स्पो यही फागुन १८–२० मा भृकुटीमण्डपमा हुनेछ। एक्स्पोमा सबैभन्दा ठूलो बीटुबी मेडिकल, डाइग्नोस्टिक, ल्याबरेटोरी तथा विश्लेषणात्मक समाधानहरुको प्रदर्शनी हुनेछ। 


प्रदर्शनीमा नेपालबाट ३०० भन्दा बढी प्रदर्शक आउनुका साथै भारत तथा अन्य देशबाट ८०० भन्दा बढी ब्रान्डले १ हजारभन्दा धेरै उत्पादन तथा सेवा सार्वजनिक प्रदर्शनीमा राख्नेछन्। जसले स्वास्थ्य तथा ल्याबरेटोरीका आवश्यकतालाई सम्बोधन गर्नेछ।

 

विहीबार, २६ माघ २०७९, १३ : ५०

प्रतिक्रिया