हुन्डाईको नयाँ क्रेटा नेपाल आउदै, नयाँ क्रेटाको मूल्य सार्वजनिक

शुक्रबार, २७ माघ २०७९, ०८ : ०४

काठमाडौं – नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ क्रेटाको मूल्य सार्वजनिक गरेको छ । २०२३ मोडल क्रेटाको मूल्य कम्पनीले वेबसाइटमार्फत सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार नयाँ क्रेटा ई भेरिएन्टको मूल्य ५२ लाख ५६ हजार, एस भेरिएन्टको ५९ लाख ९६ हजार र एस प्लस भेरिएन्टको मूल्य ६४ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । यस्तै टप भेरिएन्ट एसएक्सको मूल्य ६७ लाख ५६ हजार, एसएक्स (सीभीटी) को ७४ लाख ५६ हजार र एसएक्स (अप्सनल) सीभीटीको ७८ मूल्य ९६ हजार रुपैयाँ तोकिएको छ ।

नयाँ क्रेटाको फिचर र अन्य जानकारी भने कम्पनीले सार्वजनिक गरेको छैन । लामो समयको प्रतिबन्ध पश्चात हुन्डाईले क्रेटाका साथै अन्य गाडीहरु समेत भित्र्याउने तयारी गरिरहेको छ । हुन्डाईले नयाँ भेन्यु ल्याएर बिक्री शुरु गरिसकेको छ भने ग्रान्ड आई१० नियोसको मूल्य समेत सार्वजनिक गरेको छ ।

नेपाली बजारमा निकै नै रुचाइएको मोडल क्रेटाको नयाँ भर्सन पनि आगामी दिनमा ग्राहकले रुचाउने अपेक्षा कम्पनीले गरेको बताइएको छ ।

शुक्रबार, २७ माघ २०७९, ०८ : ०४

प्रतिक्रिया