काठमाडौँ- जजिरा एयरलाइन्सको विमान गौतमबुद्ध विमानस्थलबाट फेरि उड्ने भएको छ ।
जजिराले फागुन २५ देखि पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्न थालेको हो ।
मौसमका कारण गौतमबुद्ध विमानस्थलबाट उडान रोकिएको दुई महिनापछि फेरि जजिराले विमान उडाउन लागेको हो।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेतमा जेठ २ गतेबाट जजिराको नियमित उडान सुरू भएको थियो जुन पुस ६ गतेयता रोकिएको थियो । यद्धपी जजिराले माघ १९ देखि उडान सुरु गर्ने बताएपनि उडान सुरु गर्न सकिएको थिएन ।
जजिराले फागुन २५देखि हप्ताको तीन दिन उडान गर्दैछ । जजिराको विमान मंगलबार, बिहीबार र शनिबार बिहान ८ बजेर ५ मिनेटमा उड्नेछ र अग्रिम टिकट बुकिङ थालिएको छ ।
प्रतिक्रिया