प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासमा

विहीबार, २५ फागुन २०७९, ११ : १८

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाई हुँदैछ । 

उक्त रिट न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा परेको छ।


अधिवक्ता ज्ञानेन्द्रराज आरण र द्वन्द्वपीडित कल्याण बुढाथोकीले गत मंगलबार दायर गरेको रिटमा आज (बिहीबार) प्रारम्भिक सुनुवाइ हुन लागेको हो ।

अदालतले प्रचण्डलाई आज हाजिर हुन भनेको तारेख पर्चामा उल्लेख गरेको छ ।

विहीबार, २५ फागुन २०७९, ११ : १८

प्रतिक्रिया