चीनको पर्यटकीय गन्तव्यको सूचीमा नेपाल

१ बर्ष अगाडि

काठमाडौँ - चीनले नेपाललाई पर्यटकीय गन्तव्यका लागि खुला गरेको छ । चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयका अनुसार चीनको पर्यटकीय गन्तव्यको ४० देशको सूचीमा नेपाल पनि समेटिएको हो । 

 यसअघि  श्रीलंका लगायत  देशलाई खुला गरेपनि चीनले नेपाललाई खुला गरेको थिएन । कोरोना महामारीका रुपमा चीनले यात्रामा प्रतिबन्ध लगाउँदै आएको थियो । 

 चिनियाँ सञ्चारमाध्यम बेइजिङ डेलीले यो निर्णय आगामी मार्च १५ देखि लागू हुने जनाएको छ । ४० देशहरूको सूचीमा नेपालसहित ब्रुनाई, भियतनाम, मंगोलिया, इरान, जोर्डन, तान्जानिया, नामिबिया, मौरिसस, जिम्बाब्वे, युगान्डा, जाम्बिया, सेनेगल, काजाकिस्तान, उज्वेकिस्तान, जर्जिया, अजरबैजान, आर्मेनिया, सर्बिया, क्रोएसिया, फ्रान्स, ग्रीस, स्पेन रहेका छन् । 

यस्तै आइसल्याण्ड, अल्बानिया, इटाली, डेनमार्क, पोर्चुगल, स्लोभेनिया, भानुआटु, टोंगा, समोआ, चिले, बी। उरुग्वे, पानामा, डोमिनिका, एल साल्भाडोर, डोमिनिका, बहामास पनि यो सूचीमा छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया