निर्माण व्यवसायीले गरेका कामको उपेक्षालाई टुलुटुलु हेरेर बस्न सक्दिन : यातायातमन्त्री श्रेष्ठ

आइतबार, २८ फागुन २०७९, १७ : २९

 काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रलाई नोक्सान हुनेगरी निर्माण व्यवसायीले गरेका कामको उपेक्षालाई टुलुटुलु हेरेर बस्न नसक्‍ने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २४औँ साधारण सभा समुद्‌घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले निर्माण व्यवसायीहरुले जिम्मा लिएको काम समयमै सम्पन्न नगर्ने गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।


‘दश वर्ष अगाडी बिड गर्ने एउटा पुलको एउटा पिल्लर खडा गरेर बस्न मिल्छ ? राजधानिकै अगाडी यही टेकुमा एउटा पुल छ, जो क्राइटीस्मा मेल खाँदैनन् त्यसलाई बुझाउन खोज्नु मिल्छ ? सरकारले लिन मिल्छ ? बाटाघाटा बुझाउन नपाइकन पर्सिदेखि टाल्नुपर्ने स्थिति पैदा हुन्छ । त्यो मिल्छ ?,’ उनले भने, ‘मैले भनेको हामी सबै मिलेर गरौँ न । मलाई त अहिले निन्द्रा लाग्दैन । तपाईहरुलाई भुक्तानी पनि दिन नसक्दा, फाइल पेन्डिङ भयो, न्यायोचित छ भने किन समय लगाइदिने ? किन तुरुन्तै नगर्ने ? राज्यले दुःख दिन पाए, लम्ब्याइदिन पाए, अलि अलि के–के, के–के गर्न पाए भनेर हुन्छ र ?’

उनले निर्माण व्यवसायीहरुले सम्झौता अनुरुपको काम नगरेर उपेक्षा गरेका छन् भने आफू टुलुटुलु हेरेर नबस्ने चेतावनी दिए । उनले काममा उपेक्षा भएमा आवश्यक कारबाही गरिने बताए ।


 

आइतबार, २८ फागुन २०७९, १७ : २९

प्रतिक्रिया