काठमाडौँ - लक्ष्मी ग्रुप सन् १९७३ मा स्थापित प्रतिष्ठित औद्योगिक तथा व्यापारिक घराना हो। लक्ष्मी ग्रुप हुन्डाईका प्यासेन्जर कारहरु, बीएमडब्लुका कारहरुको नेपालको एकमात्र आधिकारिक बिक्रेता हो। लक्ष्मी ग्रुपले नै हिरो इलेक्ट्रिकका टु ह्विलर स्कुटरहरु र एसएमएल इसुजुका कमर्सियल गाडीहरुको आधिकारिक बितरक भै कार्य गरि आएको छ।
लक्ष्मी कमर्सियल भेहिकल्सले आफ्ना ग्राहकहरुलाई गुर्जुधारामा रहेको आफ्नो सर्भिस सेन्टर र नेपालका बिभिन्न क्षेत्रमा रहेका आफ्ना वर्कशप तथा अथोराइज्ड वर्कशपहरुमार्फत बिक्रीपछिको मर्मतसम्भार तथा स्पेयर पार्टसको सुविधा दिँदै आएको छ। यसै क्रममा आफ्ना ग्राहकहरुलाई थप सुविधा दिनका लागि एसएमएल इसुजुका गाडीहरुका लागि एक हप्ताको निःशुल्क सर्भिस क्याम्प काठमाडौँको गुर्जुधारामा रहेको जीएफआई सर्भिस सेन्टरमा सञ्चालन गर्दै छ। यो सर्भिस क्याम्प यही फागुन २९ गतेदेखि चैत ४ गतेसम्म जम्मा ६ दिनसम्म सञ्चालन हुनेछ। यो सर्भिस क्याम्पबाट एसएमएल इसुजुका ग्राहकहरुले निम्नानुसारका सेवा तथा सुविधा पाउने छन् ।
अगाडि बम्परदेखि पछाडि बम्परसम्म गाडीका सबै पार्टपुर्जाको १००५ फ्री चेकजाँच गरिनेछ।
सामान्य मर्मतसम्भारमा लाग्ने लेबर चार्जमा पनि १००५ छुट दिइनेछ।
विशिष्टीकृत मर्मतसम्भारमा लाग्ने लेबर चार्जमा ५०५ सम्मको छुट दिइनेछ।
लुब्रिकेन्टहरुमा १५५ को छुट उपलब्ध गराइनेछ।
स्पेयर पार्टसहरुमा ५०५ सम्मको छुट सुविधा रहेको छ।
यसका साथै फ्री सर्भिस क्याम्पमा आउने ग्राहकहरु तथा चालकहरुका लागि विशेष गिफ्टहरु प्रदान गरिने व्यवस्था समेत रहेको छ।
सर्भिस क्याम्पकै अवधिमा कम्पनीले चालकहरुका लागि बिशेष किसिमको तालिमको पनि ब्यवस्था गरेको छ। गाडीहरुमा भएको परिवर्तन र सञ्चालन विधिसम्बन्धी तालिम सञ्चालन गरिनेछ।
यो सर्भिस क्याम्पमा आफ्ना एसएमएल इसुजुका गाडीहरु लिएर आएर बिभिन्न छुट तथा तालिम प्राप्त इन्जिनियरहरुबाट चेकजाँच गराई सुविधा लिन आफना ग्राहकहरुलाई लक्ष्मी कमर्सियल भेहिकल्सले अनुरोध गरको छ।
प्रतिक्रिया