काठमाडौँ – हिमालयन हाईड्रोपावर कम्पनी लिमिटेडले आफ्नो बार्षिक साधारणसभा यहि चैत्र २४ गते गर्ने निर्णय गरेको छ ।
कम्पनीको सञ्चालक समिती बैठकको निर्णय अनुसार बार्षिक साधारणसभा वाटर फ्रन्ट रिसोर्ट लेकसाईड पोखरामा बिहान ११ बजेदेखि सुरु हुने छ ।
सभामा अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र अनुसूचीहरु पारित गर्ने, आर्थिक वर्ष ७९/८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् ।
कम्पनीले यो बर्ष सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव नगरेको कम्पनीले सञ्चालकहरुको सुविधा बृद्धिको प्रस्ताव भने पारित गर्नेछ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १४ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार अनुसार चैत्र १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।
प्रतिक्रिया