विदेशी मुद्राको विनिमय दर : कुन घट्यो कुन बढ्यो ?

१ बर्ष अगाडि

काठमाडौँ-  नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । 

जस अनुसार अमेरिकी डलर एकको खरिदमूल्य १३२ रुपैयाँ ८ पैसा र बिक्रीमूल्य १३२ रुपैयाँ ६८ पैसा, युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ २० पैसा र बिक्रीदर १४० रुपैयाँ ८४ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ७९ पैसा र बिक्रीमा ८८ रुपैयाँ १९ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९६ रुपैयाँ ६ पैसा र बिक्रीमा ९६ रुपैयाँ ५० पैसा र सिङ्गापुरे डलर एकको खरिददर ९८ रुपैयाँ ५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ५० पैसा तोकिएको छ । 

यसैगरी जापानी येन १० को खरिददर ९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९ रुपैयाँ ९९ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ १७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ३३ पैसा, कतारी रियाल एकको खरिदमूल्य ३६ रुपैयाँ १८ पैसा र बिक्रीमूल्य ३६ रुपैयाँ ३४ पैसा छ । 

१ बर्ष अगाडि

प्रतिक्रिया