स्वतन्त्र विद्यार्थी युनियनको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु, केहीमा स्थगित

१ बर्ष अगाडि

काठमाडौँ - स्वतन्त्र विद्यार्थी युनियनको नयाँ नेतृत्वका लागि आज मतदान सुरु भएको छ ।

करिब १४ वर्षपछि त्रिभुवन विश्वविद्यालयका आङ्गिक तथा सम्बन्धन प्राप्त कलेजहरूमा आज नयाँ नेतृत्वका लागि मतदान गरिरहेका छन् । साठी आङ्गिक र एक हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमध्ये अधिकांशमा आज विद्यार्थीले नेतृत्व चयनका लागी मतदान गर्ने छन् । केही क्याम्पसहरुमा भने आन्तरिक विवादका कारण मतदान हुन सकेको छैन । 

राजधानीका त्रिभुवन विश्वविद्यालय कीर्तिपुर, पुल्चोक क्यापस, थापाथली क्याम्पस, शंकरदेव, ल क्याम्पस, पदमा क्यन्या क्याम्पसमा मतदान सुरु भएको छ । आर आर क्याम्पस, अमृत साइन्स क्यापस, पशुपति क्याम्पस र कोटेश्वर क्याम्पसमा भने चुनाव स्थगित भएको छ ।


बिहान ८ देखि सुरु भएको मतदान दिउँसो ४ बजेसम्म जारी रहनेछ ।  

 

१ बर्ष अगाडि

प्रतिक्रिया