दोल्ती पावर कम्पनीकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन

मंगलबार, ०७ चैत्र २०७९, ०८ : ४७

काठमाडौँ – दोल्ती पावर कम्पनी लिमिटेडले स्थानीयका लागि जारी आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। 

कम्पनीले गत फागुन ८ गतेदेखि आयोजना प्रभावित र विदेशमा रहेका नेपाली श्रमिकका लागि आईपीओ बिक्री खुला गरेको थियो। विदेशमा रहेका नेपाली श्रमिकको आवेदन दिने म्याद भने गत फागुन २५ गते नै सकिएको छ। स्थानीयले भने आज बैंकिङ समयसम्म आवेदन दिन सक्ने बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटलले जनाएको छ। 

कम्पनीले जारी पुँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको ३० प्रतिशतले हुन आउने १६ लाख ९ हजार ४५८ कित्ता साधारण सेयरमध्ये स्वीकृत विवरणपत्रमार्फत जारी पुँजीको १० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका ५ लाख ३६ हजार ४८६ कित्ता आईपीओ अतिआयोजना प्रभावित क्षेत्र दैलेखको नौमूले र कालिका गाविसका स्थानीय बासिन्दाका लागि २ लाख ६८ हजार २४३ कित्ता तथ आयोजना प्रभावित नौमूले र कालिका गाविसकाबाहेक अन्य क्षेत्रका बासिन्दाका लागि २ लाख ६८ हजार २४३ कित्ता बिक्री खुला गरेको छ। 

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म र वैदेशिक रोजगारीमा रहेका न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। 

स्थानीयले आयोजना रहेको कार्यालय दैलेखको नौमूले, एनआईसी एसिया बैंकको नयाँबजार शाखा, ग्लोबल आइएमई बैंकको देवकोटा चोक शाखा र प्रभु बैंकको देवेन्द्रचोक शाखाबाट आवेदन दिन सक्नेछन्। 

मंगलबार, ०७ चैत्र २०७९, ०८ : ४७

प्रतिक्रिया