काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई लक्षित गरी सामाजिक सुरक्षा योजनाको शुभारम्भ गरेका छन् ।
आज (बुधबार) सामाजिक सुरक्षा कोषले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीमा गएका नेपाली लक्षित समाजिक सूरक्षा योजनाको शुभारम्भ गरेका हुन् ।
उक्त योजनाबाट वैदेशिक रोजगारीमा गएका लाखौं नेपाली लाभान्वित हुने प्रधानमन्त्री प्रचण्डको विश्वास रहेको छ । उक्त योजनामा सहभागी हुन हरेक महिना श्रमिकले २ हजार २ रुपैयाँ बुझाउनुपर्छ। कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानमन्त्री प्रचण्डले आफूले हरेक पटक प्रधानमन्त्री बन्दा वैदेशिक रोजगारीमा रहेका नेपालीको हक हितको पक्षमा काम गरेको दाबी गरे ।
उनले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा विदेशमा रहेका नेपाली नागरिकको नागरिकताको विषयलाई एजेण्डा बनाएको उनले बताए । साथै दोस्रो पटक प्रधानमन्त्री बन्दा वैदेशिक रोजगारीमा रहेका नेपालीको विमा र अहिले सामाजिक सुरक्षा योजनाको सुरुवात गरेको उनले बताए ।
प्रतिक्रिया