काठमाडौं- एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले संचालक समितिको नयाँ अध्यक्ष पदमा शेष घलेलाई नियुक्त गरेको छ ।
कम्पनीको चैत ६ गते बसेको संचालक समितिको बैठकको निर्णयले घलेलाई अध्यक्ष पदमा नियुक्त गरेको हो ।
कम्पनीको अध्यक्ष पदमा यसअघि जीवनाथ लामिछाने बहाल रहेका थिए । लामिछानेले सो पदबाट दिएको राजिनामा स्वीकृत भएपश्चात रिक्त पदमा घलेलाई अध्यक्ष नियुक्त गरेको हो ।
प्रतिक्रिया