घरेलु लघुवित्तको साधारण सभा आज

शनिबार, ११ चैत्र २०७९, ०८ : २५

काठमाडौँ - समता घरेलु लघुवित्त वित्तिय संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा आज  बस्दैछ । संस्थाको फागुन १२ गतेका दिन बसेको सञ्चालक समितिको बैंठकको निर्णयले सभा चैत १२ गते, हिमालयन दृश्य रिसोर्ट, धुलिखेलमा बिहान ११ बजे बस्दैछ ।

सभाले हाल कायम रहेको वितरण योग्य मुनाफाबाट कुल चुक्ता पुँजीको ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ । साथै सभाले सञ्चालक समितिबाट प्रस्तावित भएको हाल कायम रहेको चुक्ता पुँजीको १५ प्रतिशत बोनश सेयर जारी गर्ने प्रस्ताव रहेको छ ।

सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तावित आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ । त्यस्तै, आर्थिक वर्षको लेखारिक्षणको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह वितरण गर्ने प्रस्ताव रहेको छ ।

शनिबार, ११ चैत्र २०७९, ०८ : २५

प्रतिक्रिया