आशा लघुवित्तको छैठौं वार्षिक साधारण सभा आज बस्दै

शनिबार, ११ चैत्र २०७९, ०८ : ५५

काठमाडौँ - आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा आज बस्दैछ । संस्थाको फागुन १६ गते बसेको संचालक समितिको बैठकको निर्णयले सभा चैत ११ गते, संस्थाको केन्द्रिय कार्यालय ककनी, नुवाकोटमा बस्दैछ ।

सभाले हाल कायम रहेको चुक्ता पुँजीको १४ दशमलव २८५७ प्रतिशत बोनश सेयर र ० दशमलव ७१४३ प्रतिशत नियमानुसार लाग्ने कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ ।

सभाले संचालक समितिको आर्थिक वर्षको वित्तिय विवरणको प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन लगायत नयाँ लेखापरिक्षक नियुक्त गर्ने प्रस्तावहरु रहेका छन् ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि फागुन २६ गते बुुक क्लोज गर्ने भएकोले तसर्थ फागुन २५ गते सम्म कायम शेयरधनीहरुले लाभांश पाउने र सभामा उपस्थित हुन पाउनेछन् ।

शनिबार, ११ चैत्र २०७९, ०८ : ५५

प्रतिक्रिया