एनएमबि बैंकको रु. ४ अर्बको ऋणपत्र बिक्री खुल्ला गर्दै

आइतबार, १२ चैत्र २०७९, ०८ : ५८

काठमाडौँ –  एनएमबि बैंकले ऋणपत्र  बिक्री खुला गर्ने भएको छ। बैंकले यहि चैत २१ गतेबाट ४ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री खुला लागेको हो । 

बैंकले ‘एनएमबि डिबेन्चर १०.७५–२०८९/२०९०’ नामक ऋणपत्र बिक्री खुला गर्न लागेको हो। जसअनुसार बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ४० लाख इकाइ ऋणपत्र बिक्री खुला गर्नेछ। 

कुल इकाइमध्ये बैंकले २४ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी १६ लाख इकाइ सर्वसाधारणका लागि जारी गर्नेछ। सर्वसाधारणका लागि छुट्याइएको १६ लाख इकाइमध्ये ८० हजार इकाइ सामूहिक लगानी कोषलाई छुट्याइएमा ४५ हजार बाँडफाँड गरिसकिएको छ। बाँकी इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।

यो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइदेखि अधिकतममा १६ लाख इकाइसम्म्म खरिद आवेदन दिन सक्नेछन्। ऋणपत्रको निष्कासन बन्द छिटोमा चैत २४ गते र ढिलोमा वैशाख ५ गते बैंकिङ समयपछि हुनेछ। 

एनएमबि बैंकको ऋणपत्रको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ। 

यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक १०.७५ प्रतिशत ब्याज पाउनेछन्। 

आइतबार, १२ चैत्र २०७९, ०८ : ५८

प्रतिक्रिया