क्यान महासङ्घको डिजिटल साक्षरता अभियान सुरुवात

सोमबार, १३ चैत्र २०७९, १० : ०५

काठमाडौं-  सूचना प्रविधि सम्बन्धी छाता संगठन क्यान महासङ्घले डिजिटल साक्षरता अभियान सुरुवात गरेको छ ।

 आम सर्वसाधारणमा सूचना प्रविधिको पहुँच र 
यसको प्रयोग बृद्धि गर्ने उद्देश्यले क्यानले सुर्खेतबाट सो अभियान सुरुवात गरेको जनाएको छ । 


आज सुर्खेतस्थित सुर्खेत उद्योग वाणिज्य संघको सभाहलमा एक दिन तालिम गरेर डिजिटल साक्षरता कार्यक्रमको सुरुवात गरेको हो । सामान्य साक्षरता मात्रै भएका आमाबुबाहरूमा मोबाइल चलाउन समेत समस्या देखिने गरेको सन्दर्भमा क्यान महासंघले आज एक दिने तालिममा मोबाइल चलाउन सिकाउने, मोबाइल एप डाउनलोड गर्न सिकाउने तालिम दिएको छ । त्यस्तै, सामाजिक सञ्जाल, इमेल चलाउने तालिम पनि दिएको छ । सामाजिक सञ्जालमा फेसबुक, ट्वीटर, गुगल सर्च आदि कुराहरु तालिमका सहभागीहरूलाई सिकाइएको हो । 

सोमबार, १३ चैत्र २०७९, १० : ०५

प्रतिक्रिया