काठमाडौं- काठमाडौंको पुरानो बसपार्कमा बन्दै गरेको काठमाडौं भ्यू टावर नयाँ वर्षदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
काठमाडौं महानगरमा रहेको सवारी पार्किङको समस्यालाई समाधान गर्नका लागि निर्माण गरिएको उक्त टावर निर्माण कार्य जारी रहेपनि नयाँ सालबाट सञ्चालनमा ल्याउने तयारी भएको महानगरले जनाएको छ ।
काठमाडौं महानगरका सार्वजनिक निजी साझेदारी इकाई अनुसार टावरको काम १२ तल्लासम्म सम्पन्न भएको छ । भौतिक संरचनाको काम सकिएर रंगरोगन गर्न बाँकी रहेपनि तल्लो तीन तल्लामा पार्किङ गर्न मिल्ने भएकाले खुल्ला गर्न लागिएको बताइएको छ । पार्किङको लागि बनाइएको टावरमा दुई तल्ला अण्डरग्राउण्ड रहेको छ ।
१२ तल्लो भौतिक संरचना निर्माणको काम पूर्ण रूपमा सम्पन्न भएको छ । तर केही रंगरोगन कार्य बाँकी नै रहेकाले तत्काललाई तल्लो तीन तल्लामा पार्किङ गर्न सकिने गरी व्यवस्थापन मिलाइएको स्रोतले जनाएको छ ।
आगामी वैशाखदेखि तीन तल्लालाई पार्किङको लागि खुल्ला गरेर बिस्तारै अन्य तल्लाहरू पनि पार्किङका लागि खुल्ला गर्दै लगिने स्रोतले बताएको छ ।
प्रतिक्रिया