काठमाडौँ- चौधरी ग्रुपअन्तर्गत रहेको सीजीफिन्को प्रा लि ले स्थापनाको २० बर्ष सफलता पुर्वक पुरा गरेको अवसरमा आफ्ना ग्राहकहरू प्रति सम्मान व्यक्त गरेको छ ।
२० औँ बार्षिकोत्सव मनाउन सोमबार राजधानीमा आयोजित कार्यक्रममा सीजीफिन्कोका अध्यक्ष निर्वाण चौधरीले यस कम्पनीको सफलताको आधार आफु माथि विश्वास गर्ने ग्राहकलाई जाने भन्दै सबैमा सम्मान ब्यक्त गर्नु भएको हो ।
उक्त अवसरमा अध्यक्ष चौधरीले आफ्नो पहिलो विजनेशका रुपमा स्थापित सीजीफिन्कोले आफ्नो विजनेश करियरमा कोशे ढुंगााको काम गरेको स्मरण गर्नुहुदै नयाँ लगानी र महत्वपूर्ण निर्णयहरू गर्दा यस कम्पनीबाट आफुलाई प्रोत्साहन मिल्ने गरेको बताउनुभयो । सीजीफिन्को आज नेपालमा वैदेशिक मुद्रा भित्रयाउने जिम्मेवारीमा अब्बल सावित हुदै आएको र विदेशमा रहनु भएका महानुभावहरुका लागि नेपालमा पैसा पठाउने भरपर्दो साथी बन्न सकेकोमा पनि सन्तोष ब्यक्त गर्नुभयो ।
‘सीजीफिन्कोले मेरो विजनेश करियरमा खास महत्व राख्छ । मलाई लाग्छ २० बर्ष अघि सीजीफिन्कोको स्थापनाले नेपालको विप्रेषण उद्योगलाई रूपान्तरण गरेको थियो र आज विप्रेषण उद्योग नेपालको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान दिने क्षेत्र बनेको छ’, चौधरीले भन्नुभयो ।
विदेशमा काम गर्ने नेपालीहरूका लागि नेपालमा पैसा पठाउने एक विश्वसनीय सस्था मात्र नभई सीजीफिन्कोले गैरकानूनी रूपमा हुने रकम हस्तान्तरण न्युनीकरणमा पनि महत्वपुर्ण योगदान गरिरहेको उहाँले बताउनुभयो । साथै, आगामी दिनमा सीजीफिन्को अझ सशक्त रुपमा विप्रेषण सेवालाई सजिलो र भरपर्दो बनाउन प्रतिबद्ध रहेको जानकारी पनि उहाँले दिनु भयो ।‘आगामी दिनमा सीजीफिन्कोले डिजिटल रेमिट्यान्समा जोड दिदै विप्रेषण उद्योगमा आफ्नो स्थान अझ मजबुत बनाउनेछ’ अध्यक्ष चौधरीले भन्नुभयो । कार्यक्रममा सीजीफिन्कोले उत्कृष्ट चार कर्मचारीलाई कदर पत्र प्रदान गरेको थियो । जस अन्तर्गत, मार्केटिङ जिनियस अवार्डबाट रमेस रेग्मी, अन्म्याच्ड डेडी केसन अन्तर्गत रेणु प्रधान, बेस्ट कस्टमर सेन्ट्रीसिटिमा प्रतिमाशर्मा पोखरेल र राइजिङ स्टार अवार्डबाट आसिष कुमार हमाल सम्मानीत हुनुभएको थियो ।
२००३ मा स्थापित सीजीफिन्को अमेरिकन कम्पनी वेस्टर्न युनियन मनि ट्रान्सफरको नेपालका लागि सुपर एजेन्टको रुपमा काम गर्दै आएको छ । देशभर १०० ओटा आउटलेटबाट सेवा सुरु गरेको यस संस्थाले अहिले चार हजार भन्दा बढी एजेन्ट मार्फत नेपालभर विप्रेषण सेवादिदै आएको छ ।
प्रतिक्रिया