युनियन लाइफ इन्स्योरेन्सकाे संस्थापक र साधारण सेयर संरचना परिवर्तन

बुधबार, १५ चैत्र २०७९, ०८ : १४

काठमाडौँ – युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयर संरचना परिमार्जन गर्ने भएको छ। कम्पनीले संस्थापक र सर्वसाधारणको सेयर संरचना परिमार्जन गर्न लागेको हो 

कम्पनीले संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिमार्जन गर्दै ५१ः४९ कायम गर्ने भएको हो। हाल कम्पनीमा संस्थापक सेयरको हिस्सा ७० प्रतिशत रहेकोमा त्यसलाई ५१ प्रतिशत कायम गर्न लागिएको हो। 

कम्पनीको ५ औँ वार्षिक साधारण सभाले सेयर स्वामित्व परिमार्जन गर्दै ५१ः४९ कायम गर्ने विशेष प्रस्ताव पारित गरेको थियो । 

सर्वसाधारण सेयरमा परिणत गर्न नचाहने र इच्छा नभएका संस्थापक सेयरधनीले सोही अनुसारको सोःघोषणा गरी सूचना प्रकाशित भएको ७ दिनभित्र कम्पनीको कर्पोरेट कार्यालयमा आइपुग्ने गरी लिखित जानकारी पठाउन पनि कम्पनीले आग्रह गरेको छ। 

बुधबार, १५ चैत्र २०७९, ०८ : १४

प्रतिक्रिया