"दीक्षान्त समारोह २०२३" आयोजना गर्दै लुक्यान / को को सहभागी हुन स्रक्छन् ?

बुधबार, १५ चैत्र २०७९, १६ : ३५

काठमाडौँ- लिंकन युनिभर्सिटी, मलेसियाबाट सम्बन्धन लिएर नेपालभर संचालित ११ वटा शिक्षणसंस्थाहरु बाट स्नातक र स्नाकोत्तर तहमा उत्तिर्ण विद्यार्थीहरुलाई दीक्षान्त समारोहमा उपाधि द्वारा दिक्षित गर्ने कार्यक्रम ुदीक्षान्त समारोह २०२३ू २०८० बैशाख १६ गते गोदावरी सनराइज सम्मेलन केन्द्र, गोदावरी, ललितपुरमा हुन गइरहेको छ ।

 मलेशियाको लिंकन युनिभर्सिटीसँग सम्बन्धन प्राप्त नेपालका विभिन्न ११ वटा शैक्षिक संस्थाका करिब १५०० विद्यार्थीले दीक्षान्त समारोहमा भाग लिनेछन् । सेन्टर फर लिडरसिप एण्ड इन्टरप्रेन्योरसिप, वाल्मीकि लिंकन कलेज, ग्रीन पिस लिंकन कलेज, केएफए बिजनेश स्कुल एण्ड आईटी, लिंकन इन्टरनेशनल कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, नेसनल कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्निकल साइन्स, नेपाल बिजनेस कलेज, फिनिक्स कलेज अफ म्यानेजमेन्ट, पोखरा लिंकन इन्टरनेशनल कलेज, टेक्सास कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी र वेस्टर्न मेगा कलेज गरी कुल ११ वटा शैक्षिक संस्थाहरु लिंकन युनिभर्सिटको संबन्धनमा नेपालभर संचालनमा छन् ।

लिंकन युनिभर्सिटी कलेज, फाइभ स्टार रेटेड युनिभर्सिटी र टाइम्स हायर एजुकेशन द्वारा इम्प्याक्ट रेटिङ अन्तर्गत गुणस्तर शिक्षामा ३५ औं स्थानमा रहेको छ । लिंकन युनिभर्सिटी कलेज सन् २०१३ देखि नेपालमा विश्वस्तरीय शैक्षिक कार्यक्रमहरू प्रदान गर्ने प्रमुख विदेशी विश्वविद्यालयहरूमध्ये एक हो । हाल विश्वविद्यालयले व्यवस्थापन होटल व्यवस्थापन, कम्प्युटर विज्ञान र सूचना प्रविधिका संकायमा स्नातक र स्नातकोत्तर तहका शैक्षिक पाठ्यक्रमहरू अध्ययन अध्यापन गराउँदै आएको छ ।

बुधबार, १५ चैत्र २०७९, १६ : ३५

प्रतिक्रिया