बससेवा डटकमले ल्यायो नयाँ वर्ष मा  ‘सुनको हार’ जित्ने मौका

१ बर्ष अगाडि

काठमाडौँ-  नेपालमा अनलाइन मार्फत बस टिकटिङ्ग सेवा प्रदान गर्दै आएको बससेवा डटकमले नयाँ वर्ष २०८० सालको नयाँ वर्षमा घुम्न जाने व्यक्तिहरूलाई लक्षित गर्दै ‘सुनको हार’ उपहार योजना सार्वजनिक गरेको छ । 


चैत्र १५ गतेदेखि वैशाख ५ गतेसम्म लागु हुने यस योजनामा सहभागी यात्रुहरूले अनलाइन मार्फत टिकट काटेको हुनुपर्नेछ । साथै आफू जाने दिनमा अनलाइन टिकट काट्ने यात्रुहरूलाई अग्रिम टिकट काट्न बानी बसाल्न पनि यस किसिमको योजना सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।  २० दिनको अवधिमा अनलाइन मार्फत टिकट काट्ने यात्रुहरूमध्ये एक जनाले गोलाप्रथा मार्फत सुनको हार जित्न सक्नेछन् भने अर्का २ जना विजेताले कम्पनीको तर्फबाट आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् । 


बस सेवाबाट नेपालका अधिकांश रूटहरूका बस टिकट अनलाइन मार्फत काट्न सकिन्छ । यात्रुहरूले बससेवा डटकम, तथा बससेवाको मोबाइल एप्लिकेशन तथा अन्य  सेवा प्रदायकका मोबाइल एप्लीकेशनबाट टिकट काट्न सक्नेछन् ।


अनलाइनबाट टिकट काट्न बससेवाको मोबाइल एप्लीकेशन बाट टिकट काट्न सकिनेछ । बससेवा नेपालको एकमात्र अनलाइन बस टिकट विक्री गर्ने माध्यम हो । बससेवामा अधिकांश यातायात समिति तथा कम्पनी आबद्ध रहेका छन् । जसबाट १ सय ८० वटा बस कम्पनीका ३५ हजार सिट बुक गर्न सकिन्छ । 

१ बर्ष अगाडि

प्रतिक्रिया