बन्दीपुर केबलकारले आईपीओ ल्याउने

११ महिना अगाडि

काठमाडौँ  - बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले आईपीओ ल्याउने भएको छ। 

कम्पनीले १०० रुपैयाँ दरका कुल २५ लाख ८० हजार आईपीओ ल्याउने भएको हो। कम्पनीले आईपीओ निष्कासन तथा बिक्रीमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ। 

नेपाल एसबिआई मर्चेन्टको काठमाडौँको हात्तीसारस्थित कार्यालयमा आज आयोजित एक समारोहबीच बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता भएको हो। सम्झौतापत्रमा नेपाल एसबिआई मर्चेन्टबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र बन्दीपुर केबलकारका तर्फबाट अध्यक्ष रामचन्द्र शर्माले हस्ताक्षर गरेका छन्। 

नेपाल एसबिआई मर्चेन्ट नेपाल एसबिआई बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो। 

 

११ महिना अगाडि

प्रतिक्रिया