नयाँ वर्षमा आकर्षक उपहार योजना कसरी प्राप्त गर्न सकिन्छ ?

१ बर्ष अगाडि

काठमाडौँ-  इलेक्ट्रोनिक्स् ब्राण्ड सीजीले नयाँ वर्ष २०८० को उपलक्ष्यमा “नयाँ वर्ष २०८० सीजीको उमंग नयाँपनको” नाम उपहार योजना आएको छ ।

  जसअन्तर्गत सीजीको ग्राहकले सीजीका अत्याधुनिक सामाग्रीहरुका साथ २३५ सम्मको आकर्षक क्यासब्याक तथा अन्य विभिन्न उपहारहरु प्राप्त गर्न सक्नेछन् ।  

यस उपहार योजना अन्तर्गत सीजीका एन्ड्रोइड टि.भि. , स्मार्ट टि.भि., एयर कन्डिशनर, रेफ्रिजरेटर, वाशिङ मेशिन, एयर कुलर, भ्याकुम क्लिनर, अडियो सिस्टम चेस्ट फ्रिजर र शोकेश तथा माइक्रोवेभ ओभनहरुमा आकर्षक क्यासब्याक तथा सिमित उत्पादनहरुमा पक्का उपहारहरु प्राप्त गर्न सकिने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


कम्पनीका अनुसार फ्लोर स्टानडिङ र क्यासेट एयर कन्डिशनरहरुको खरिदमा क्यासब्याक लगायत रु.५००० र स्पिलीट् एयर कन्डिशनरमा क्यासब्याक लगायत रु.४००० बराबरको जडान निःशुल्क रहेको छ । यस्तै ६५” र ७५” एन्ड्रोइड टि.भि. मा रु. ७५९० बराबरको सी.जी. २.१ स्पीकर उपहार पाइनेछ । । 
यस्तै सेमि–अटोमेटिक तथा टप लोडिङ वाशिङ मेशिनमा रु। ९२०बराबरको २ के।जी। को एरियल म्याटिक उपहार पाइने छ भने फ्रन्ट लोडिङ वाशिङ मेशिनमा रु. २५०० बराबरको ६ के।जी। को एरियल म्याटिक उपहार पाइनेछ । 

साथै, डबल डोर रेफ्रिजरेटरमा रु.१२६० बराबरको स्टर्म सिरिज फ्राई प्यान, होम फ्राई माइक्रोवेभ ओभनमा रु. २८०० बराबरको कुकिङ किट, स्टिम वाश डिशवाशरमा २ प्याकेट डिशवाशर किट तथा मल्टीडोर र साइड बाइ साइड रेफ्रिजरेटरमा रु. ७०९० बराबरको सी.जी. मेरिडिया भ्याकुम उपहार पाइनेछ । 
यो योजना चैत १३ देखि सीमित अवधिका लागि जारी रहेको कम्पनीले जनाएको छ । 
 

१ बर्ष अगाडि

प्रतिक्रिया