नेशनल लाइफको नयाँ बोनस दर सार्वजनिक

१ बर्ष अगाडि

काठमाडौँ – नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनस दर सार्वजनिक गरेको छ ।

कम्पनीले बीमा समितिबाट स्वीकृत भए अनुसार विभिन्न प्रकारका बीमा योजनाहरूको आर्थिक वर्ष २०७८/७९ को बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीले सावधिक बीमा योजनामा प्रति हजार न्यूनतम ६४ रूपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनस कायम गरेको छ । यस्तै, कम्पनीको सावधिक तथा आजीवन बीमा योजनामा पनि प्रति हजार न्यूनतम ६४ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनस पाउनेछन् ।

त्यसैगरी, अग्रिम भुक्तानी सावधिक बीमा योजनामा प्रति हजार न्यूनतम ६३ रुपैयाँदेखि अधिकतम ६४ रूपैयाँसम्म बोनस पाइनेछ । 

१ बर्ष अगाडि

प्रतिक्रिया