‘अवसर इक्विटी’को रु. ४.५ अर्ब बढीको इकाइ बिक्री

१ बर्ष अगाडि

काठमाडौँ - विशिष्टिकृत लगानी कोष नियमावली, २०७५ बमोजिम नेपाल धितोपत्र बोर्डमा दर्ता भएको नेपालको पहिलो प्राइभेट इक्विटी फन्ड अवसर इक्विटीले परिपत्र विधिबाट निष्कासन गरेको ४ अर्ब ५० करोड रुपैयाँभन्दा बढीका इकाइहरु बिक्री भएको छ। 

यो इक्विटी फन्डले गत फागुन १५ गतेदेखि चैत १५ गतेसम्म इकाइ बिक्री खुला गरेको थियो। 

 बजारको हालको चुनौतीपूर्ण अवस्थामा समेत कोषमा लगानी गर्नका लागि कोषले अत्याधिक विश्वास प्राप्त गरेको छ। 

यसरी नेपालमा दर्ता भई सञ्चालनमा आउने यो पहिलो कोषले निष्काशन तथा बिक्रीमा सफलता पाउनुलाई नेपालको प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल व्यवसायको इतिहासमा एउटा महत्वपूर्ण कोशेढुंगाको रुपमा लिइएको अवसर इक्विटीले जनाएको छ। 

यसै अवसरमा कोषले व्यापार वृद्धिका रणनीतिहरु कार्यान्वयन गर्न सक्ने क्षमता भएका तर स्रोतसाधनको अभाव भएका नेपाली उद्योग–व्यवसायमा लगानी गरी त्यस्ता क्षेत्रहरुको विकास र विस्तारमा सघाउ पुर्याइ एकातर्फ देशको आर्थिक विकासमा योगदान गर्ने र अर्कोतर्फ कोषलाई विश्वास गरी लगानी गर्ने लगानीकर्ताहरुलाई उचित प्रतिफलसमेत प्रदान गर्ने गरी लगानी व्यवस्थापन गर्न कोष व्यवस्थापकले हरसम्भव प्रयास गर्ने प्रतिबद्धता जनाएको छ। 

१ बर्ष अगाडि

प्रतिक्रिया