चेम्बर पदाधिकारीद्धारा उपराष्ट्रपति यादवसंग आर्थिक बिषयमा छलफल

१ बर्ष अगाडि

 काठमाडौँ - नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोलीले उपराष्ट्रपति रामसहाय प्रसाद यादवसंग सोमबार भेटबार्ता गरेको छ । काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको निवासमा चेम्बरले नवनियुक्त उपराष्ट्रपति यादवलाई बधाई एवं सफल कार्यकालको शुभकामना दिएको हो ।

चेम्बर पदाधिकारीसंगको भेटमा उपराष्ट्रपति यादवले अर्थतन्त्रको बर्तमान अवस्था जोखिममा रहेको बताउनुभयो । तरलता अभाव, उच्च ब्याजदर, पुंजिगत खर्च समयमै हुन नसक्ने, बेरोजगारी जस्ता समस्याको दिगो समाधान खोज्न सकिए मात्रै आर्थिक समृद्धि हासिल गर्न सकिने उपराष्ट्रपति यादवको भनाई छ । 

उपराष्ट्रपति यादवले भन्नुभयो, ‘अर्थतन्त्रमा हाल देखिएका समस्याको दिर्घकालिन समाधान खोज्न जरुरी छ, ।’ सरकार र निजी क्षेत्रबीच निरन्तर सहकार्य गर्न आवश्यक रहेकोमा समेत उहाँले जोड दिनुभयो ।

चेम्बर अफ कमर्सले दिएको सुझावलाई आफुले सरकारी निकायहरुमा ध्यानाकर्षण गराउने उपराष्ट्रपति यादवले प्रतिवद्धता जनाउनुभयो । मुलुकमा बास्तविक तथ्याङकको अभावमा सरकारी लगानीको प्रतिफल आउन नसकेको उपराष्ट्रपति यादवले गुनासो गर्नुभयो । निजी क्षेत्रले पनि सरकारको सारथीको रुपमा अध्ययन अनुसन्धानमा सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो । 

सरकारले आर्थिक, औद्योगिक, सामाजिक एवं अन्य क्षेत्रमा लगानी गर्नुअघी वाास्तविक तथ्याङक खोज्नुपर्ने उहाँको भनाई छ । 
उपराष्ट्रपति यादवसंगको भेटका क्रममा चेम्बर अध्यक्ष मल्लले आर्थिक विकास र समृद्धिका लागि समन्वयकारी भूमिका निर्वाह गरीदिन आग्रह गर्नुभयो । अध्यक्ष मल्लले भन्नुभयो,‘बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय नहुँदा अर्थतन्त्रले अपेक्षित गती लिन सकेको छैन । पछिल्लो समय उच्च ब्याजदरका कारण उद्यमी व्यवसायी एवं सर्वसाधरण ऋणीहरुमा गम्भिर असर गरेको छ, ।’ 
पुँजिगत खर्च हुन नसक्ने समस्या लगायतले आर्थिक गतिविधी सामान्य अवस्थामा फर्किन नसकेको अध्यक्ष मल्लले बताउनुभयो । सरकारी सेवालाई चुस्त र प्रभावकारी बनाउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिनुभयो । राजश्व विभाग, राहदानी विभाग, यातायात कार्यलय जस्ता क्षेत्रमा टाईमबाउण्ड लागु हुनुपर्ने अध्यक्ष मल्ललको भनाई छ । 
आर्थिक समृद्धि र अर्थतन्त्रलाई चालायमान बनाउन एकल अंकको ब्याजदर कायम गर्नुपर्ने भन्दै अध्यक्ष मल्लले बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिनुभयो ।  नयाँ कर्जा प्रवाह गरिदाँ ब्याजदरमा लकअप प्रणाली लागु गरिनुपर्ने आफुहरुको माग रहेको मल्लले बताउनुभयो । लकअप प्रणाली कायम गरिए वित्तीय सन्तुलन कायम हुने र ऋणीहरु मर्कामा नपर्ने चेम्बरको ठहर छ । 

१ बर्ष अगाडि

प्रतिक्रिया