अब फोनपे नेटवर्कमार्फत सहजै भुक्तानी गर्न सक्ने

१ बर्ष अगाडि

काठमाडौँ - नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे नेटवर्क लिमिटेड र भुक्तानी सेवा प्रदायक सुलभपे (एनक्यास) वालेटबीच सहकार्य सुरु भएको छ। सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी फोनपे र सुलभपेबीच भुक्तानी पत्रमा सम्झौता भएको हो। 

सम्झौतापत्रमा फोनपेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटा र सुलभपेका तर्फबाट सुलभपे –एनक्याश)का प्रमुख कार्यकारी अधिकृत समल बुढाथोकीले हस्ताक्षर गरेका छन्। योसँगै सुलभ पे प्रा.लि. को एनक्यास पूर्ण स्क्यान भुक्तानी सेवाहरु सुरु गर्ने पहिलो वालेट बनेको छ। एनक्यास प्रयोगकर्तालाई सहज भुक्तानी अनुभव प्रदान गर्न डिजाइन गरिएको हो र फोनपे क्यूआर प्रयोग गर्ने क्षमताको साथ अतुलनीयस्तरको सुविधा प्रदान गर्दछ। 

सम्झौता कार्यक्रममा बोल्दै फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटाले यस प्रकारको सम्झौताले डिजिटल भुक्तानीमा महत्वपूर्ण भूमिका खेल्ने बताए।सापकोटाले सुलभसँगको सम्झौताले नेपाली समाजलाई क्यास लेस बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। यो सहकार्य नेपालको फिनटेक उद्योग र डिजिटल कारोबारमा ठूलो उपलब्धी हुने अपेक्षा गरिएको छ।

कार्यक्रममा एनक्यास सुलभ पेका प्रमुख कार्यकारी अधिकृत समल बुढाथोकीले भने, ‘हामी फोनपे क्यूआर सुरू गर्न पाउँदा उत्साहित छौँ। जुन हााम्रो प्रयोगकर्ताको आवश्यकता पुरा गर्ने मोबाईल वालेट सिर्जन ागर्ने हाम्रो प्रयासको परिणति हो, हामी विश्वास गर्छौं की फोनपे क्यूआर लगायत एनक्यास द्धारा प्रदान गरिएका स्क्यान र पे सेवाहरुले नेपालमा मानिसहरुले पहिलेभन्दा छिटो, सजिलो र अझ सुरक्षित् बनाउनेछ।’

फोनपेमा हाल ११ लाख भन्दा धेरै क्यूआर मर्चेन्ट रहेका छन्।  नेपाललाई क्यासलेस बनाउने योजनाअनुसार ‘नगद छोडौं, फोनपे गरौं’ भन्ने नारासहित तीन वर्षअगाडि स्थापना भएको फोनपेमा छोटो समयमै आम व्यवसायीको आकर्षण बढेको छ। फोनपे नेटवर्कमार्फत हाल दैनिक करिब ५ अर्बको कारोबार हुँदै आएको छ। वित्तीय क्षेत्रमा फोनपेले बनाएको बाटोले डिजिटल भुक्तानीको क्षेत्रमा ठूलो परिवर्तन समेत आएको छ। 

फोनपेको सेवा हाल सातै प्रदेशका सबै स्थानीय तहका सबै वडामा पुगिसकेका छन्। गाउँ–गाउँसम्म विस्तार भइसकेको फोनपे क्यूआर शहरका अधिकांश पसलमा देखिन थालेका छन्। ग्राहकहरुले पनि नगद बोकेर हिड्नुको साटो फोनपे मार्फत भुक्तानी गर्न सहज ठानेका छन्। डिजिटल कारोबारमा आएको यस परिवर्तनले मर्चेन्ट र ग्राहकलाई सहज बनाउनुका साथै नेपालको डिजिटल इकोनोमिमा ठुलो परिवर्तन ल्याउँदै जान थालेकोे छ। 

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त फोनपे पेमेन्ट सर्भिस लिमिटेड एफवान सफ्ट ग्रुपको सहायक कम्पनी हो। फोनपेमा अहिले ६० भन्दा बढी बैंक तथा वित्तीय संस्था आबद्ध छन्। १ करोड ७० लाखभन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्ता तथा भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाइल एपमार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ। 

१ बर्ष अगाडि

प्रतिक्रिया