ग्लोबल हाईड्रोपावर एसोशिएट्स  , मेगा क्यापिटल  र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गबीच  सम्झौता

१ बर्ष अगाडि

काठमाडौँ - ग्लोबल हाईड्रोपावर एसोशिएट्स लिमिटेडले निष्काशन गर्न लागेकोरु.५८,६०,००,०००/– शेयर पूँजी  बराबरको रु.१००/– दरको ५८,६०,००० कित्ता साधारण शेयरकोप्रत्याभूति सेवा उपलब्ध गर्नको लागि ग्लोबल हाईड्रोपावर एसोशिएट्स लिमिटेड र मेगा क्यापिटल मार्केट्स लिमिटेड तथा नेपाल एसबिआई  मर्चेन्ट बैंकिङ्ग लिमिटेड बीच सम्झौता भएको छ । 

आज एक कार्यक्रमका बीच ग्लोबल हाईड्रोपावर एसोशिएट्स लिमिटेडका तर्फबाट अध्यक्ष  मोतीलाल दुगड, मेगा क्यापिटल मार्केट्स लिमिटेडका  तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत  शुलभ श्रेष्ठ र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । 

उक्त कार्यक्रममा ग्लोबल हाईड्रोपावर एसोशिएट्स लिमिटेडका प्रमुख वित्त अधिकृत   पुर्ण मान नापित, मेगा क्यापिटल मार्केट्स लिमिटेडका प्रमुख – मार्केटिङ्ग विभाग  गिरी राज पोखरेल र नेपाल एसबिआई  मर्चेन्ट बैंकिङ्ग लिमिटेडका   अनिल कुमार महर्जन समेतकोउपस्थिति रहेको थियो । 
 
 
 

१ बर्ष अगाडि

प्रतिक्रिया