एनसेल प्रिजेन्टस् पर्पल स्याटर्डे :१६ औं दरवारमार्ग सडक महोत्सव हुदैँ

शुक्रबार, २४ चैत्र २०७९, १५ : ५३

काठमाडौँ- नेपाली नयाँ वर्ष २०८० को अवसरमा वैशाख २ गते, शनिवार काठमाडौंको दरवारमार्गमा एनसेल प्रिजेन्टस् पर्पल स्याटर्डे :१६ औं दरवारमार्ग सडक महोत्सव आयोजना हुने भएको छ ।

उक्त महोत्सव नेपाल उद्योग वाणिज्य महासंघ, दरवारमार्ग विकास बोर्ड र रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेवान) ले एनसेलसँग महासंघको विषेश सहकार्य र मुख्य प्रायोजनमा यो  आयोजना हुन लागेको हो ।

लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योगको मनोबल उच्च राख्नको लागि यो महोत्सव आयोजना हुन लागेको हो । आन्तरिक पर्यटनलाई प्रवर्द्धन गरि देशको पर्यटन विकासमा टेवा पुऱ्याउने र नेपाली उत्पादन, नेपाली परिकार र नेपाली संस्कृतिको प्रवर्द्धन गर्ने महोत्सवको मुल उद्देश्य रहेको छ ।

काठमाडौं महानगरपालिकाभित्रको सांस्कृतिक प्रवर्द्धन एवं संरक्षणमा समेत यो महोत्सव सहयोगी हुनेछ । साथै काठमाडौं उपत्यका भित्रका संस्कृति झल्कने प्रस्तुतीका साथ महोत्सवको औपचारिक शुभारम्भ शनिवार विहान ११स्३० बजे हुनेछ । गीतसंगितका साथै विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु र महोत्सव आयोजना हुने क्षेत्रमा विविध रमाइला गतिविधिहरु सहित यो महोत्सव सो दिन बेलुका ८स्३० बजेसम्म आयोजना गरिनेछ ।

यस महोत्सवमा चर्चित गायकगायिका, कलाकार तथा सांगितिक समुहहरुको प्रस्तुति हुनेछन् । कलाकारहरु दिपक बज्राचार्य एन्ड रिदम व्यान्ड, कुटुम्ब, पहेलो बत्ति मुनी, त्रिशाला गुरुङ, रोहित शाक्य, सिङ्क्रोनस, लाहुरे र दि एलिमेन्टस् आदिले आ(आफना प्रस्तुति राख्नेछन् ।

महोत्सवमा शारिरीक रुपमा भिन्न क्षमता भएका उद्यमीहरुले उत्पादन गरेका हस्तकलाका वस्तुहरु र महिला उद्यमी सहित हस्तकला उद्यमीहरुबाट उत्पादित वस्तुहरुका उत्पादन पनि प्रर्दशनीमा रहनेछन् । विभिन्न नेपाली खानाका परिकारहरु र स्वदेशी उत्पादनहरुको विषेश प्रदर्शन प्रस्तुतिका स्टलहरु, बालबालिकाका लागि छुट्टै किडस् जोन महोत्सवको ुविशेषु आकर्षणहरु हुनेछन् ।

यसैगरी महोत्सवमा भिडिओ गेमका पारखीहरुका लागि अनलाइन गेमिङ् प्रतियोगिता पनि हुनेछ । दरवारमार्गको दक्षिण क्षेत्रको महेन्द्र शालिकबाट उत्तरतर्फ नारायणहिटी संग्राहालयको गेट अगाडिसम्मको क्षेत्रमा महोत्सव सञ्चालन हुनेछ ।

महोत्सवको संरक्षकमा काठमाडौं महानगरपालिका, मुख्य प्रायोजनमा एनसेल, सह( प्रायोजकमा कार्लबर्ग, वेभरेज पार्टनरमा डाबर नेपाल, सहयोगी संस्था नेपाल पर्यटन बोर्ड र अन्यमा कुन नेपाल, एनडीज् आइसक्रिम र केएफसी रहेका छन् ।

शुक्रबार, २४ चैत्र २०७९, १५ : ५३

प्रतिक्रिया