सुर्खेत - नेपाल उद्योग तथा व्यवसायी महासङ्घ कर्णाली प्रदेशको प्रथम भेलाबाट कलाधर उपाध्याय (केदार)को अध्यक्षतामा ५७ सदस्यीय कार्य समिति गठन गरिएको छ ।
नेकपा (एमाले)का सचिव योगेश कुमार भट्टराईको प्रमुख आतिथ्यमा शुक्रवार सम्पन्न भेलाबाट कार्य समितिको उपाध्यक्षमा दान बहादुर थापा र योगमाया कार्की, सचिवमा ज्ञानेन्द्र विश्वकर्मा, कोषाध्यक्षमा कृष्णबहादुर भण्डारी, पाँच जना सह सचिवमा निशा पाण्डे, चिरञ्जीवी रेग्मी, कर्ण बहादुर केसी, राजेन्द्र सिंह ठकुरी, राजेन्द्र बिस्ट, सह कोषाध्यक्षमा चूडामणि ढकाल र अन्य सदस्यहरू रहनुभएको छ ।
भेलामा पार्टीका स्थायी कमिटी सदस्य यामलाल कँडेल लगायतको उपस्थित रहेको थियो ।
प्रतिक्रिया