जग्गाको मूल्य बढाउन व्यवसायीको माग

शनिबार, २५ चैत्र २०७९, १२ : २१

काठमाडौँ - नेपाल जग्गा तथा आवास विकास महासंघले सरकार समक्ष जग्गाको मूल्य बढाउन माग गरेको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै महासंघले जग्गाको मूल्य र कर्जा धितोको अनुपान बढाउन माग गरेको हो ।

यसैगरी, व्यवसायीहरुले भूउपयोग कानूनको प्रभावकारी कार्यान्वयन गरी कित्ताकाट गर्न पाउनुपर्ने लगायतका माग समेत सरकार समक्ष राखेका छन् । ‘देश विषम आर्थिक अवस्थामा गुजिरहेको वर्तमान परिप्रेक्ष्यमा देशभर सक्रिय घरजग्गा व्यवसायीहरुले भोगिरहेको समस्या र यसको समाधानका लागि महासंघले विभिन्न ढंगबाट सरकार तथा सरोकारवाला निकायहरुसँग समन्वय राखी काम गरिरहेको छ,’ महासंघले जारी गरेको विज्ञप्तीमा भनिएको छ । 
 
‘हामीले लामो समयदेखि एकल अंकको ब्याजदर कायम गर्न र सकेसम्म ब्याज क्यापिटलाइज्ड गर्नुपर्ने विषयलाई मुख्यरुपमा उठाउँदै आएका छौं,’ विज्ञप्तिमा लेखिएको छ, ‘जग्गाको मूल्य र कर्जा धितोको अनुपात बढाउनुपर्ने विषयलाई बारम्बार उठाउँदै आएका छौं ।’ यसका साथै, सरकारबाट लाइसेन्स प्राप्त ब्रोकरहरुमार्फत् मात्रै घरजग्गा खरिदबिक्री गर्ने कानुनी व्यवस्था गर्ने विषयमा गम्भीर बन्नुपर्ने व्यवसायीको माग छ ।
 

शनिबार, २५ चैत्र २०७९, १२ : २१

प्रतिक्रिया