काठमाडौँ- नेपाल राष्ट्र बैङ्कका अनुसार आज सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जस अनुसार अमेरिकी डलर एकको खरिदमा १३० रुपैयाँ ७२ पैसा र बिक्रीमा १३१ रुपैयाँ ३२ पैसा, युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४३ रुपैयाँ १३ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८७ रुपैयाँ १८ पैसा र बिक्रीमूल्य ८७ रुपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९७ रुपैयाँ २१ पैसा र सिङ्गापुरे डलर एकको खरिदमूल्य ९८ रुपैयाँ १३ पैसा र बिक्रीमूल्य ९८ रुपैयाँ ५८ पैसा तोकिएको छ ।
यसैगरी जापानी येन ९ को खरिदमूल्य ९ रुपैयाँ ८९ पैसा र बिक्रीमूल्य ९ रुपैयाँ ९४ पैसा, चाइनिज युआन एकको खरिददर १९ रुपैयाँ ३ पैसा र बिक्रीदर १९ रुपैयाँ ११ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ८४ पैसा र बिक्रीमूल्य ३५ रुपैयाँ र कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ६९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८५ पैसा छ ।
प्रतिक्रिया