भन्सारमा थन्किए नयाँ सवारी साधन, राजश्व सङ्कलनमा पर्यो मार

१ बर्ष अगाडि

 काठमाडौं - वीरगन्जस्थित एकीकृत सुरक्षा जाँच चौकी (आइसीपी) परिसर अहिले नयाँ सवारी साधनले भरिभराउ छन्।

हाल चौकी परिसरमा जिप, कार, भ्यान, बस, ट्रक टिपरका नयाँ च्यासिस, ट्र्याक्टर, ट्याम्पो, मालवाहक सवारीसाधन गरी २ हजार भन्दा बढी सवारीसाधन आयातकर्ताले नलगेको अवस्थामा असरल्ल छन्।

यसरी आयातकर्ताले जाँच पास गराएर नलग्दा वीरगन्ज भन्सार नाकामा ठूलो सङ्ख्यामा नयाँ सवारीसाधन थन्किएको कारण स्थान अभावसँगै राजश्व सङ्कलनमा पनि प्रभाव परेको अधिकारीहरूले जनाएका छन्।

आयातकर्ताले पुरानै प्रतीतपत्रमार्फत् भारत तथा तेस्रो मुलुकबाट मगाएका सवारीसाधन भन्सार परिसरमा ल्याएर पार्किङ गरी राख्ने गरेका छन्।अत्यधिक मात्रामा सवारीसाधन थन्किएपछि चौकी परिसरमा पार्किङको समस्या भएको छ।

नेपाल इन्टर मोडल यातायातका अनुसार चौकी परिसरमा कुल २,४८४ नयाँ सवारी साधन थन्किएको एक वर्षभन्दा बढी दिन पुग्दा समेत आयातकर्ताले लगेका छैनन्।

१ बर्ष अगाडि

प्रतिक्रिया